कालापानीका कुटी, गुन्जी र नाभी क्षेत्रमा पुग्न सकेनन् जनगणानाका सर्वेक्षक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कालापानीका कुटी, गुन्जी र नाभी क्षेत्रमा पुग्न सकेनन् जनगणानाका सर्वेक्षक

Kalapani-lipulek-nepal-real-map

काठमाडौं । भारतले अतिक्रमण गरेको दार्चुलाको उत्तर पश्चिम भु—भाग ब्याँस गाउँपालिका १ कालापानी, कुटी, गुन्जी, नाभी क्षेत्रका बस्तीहरुमा जनगणनाका सर्वेक्षकहरु पुगेका छैनन् ।

भारतीय सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिती र सुरक्षाको जोखिमका कारण नेपालको अतिक्रमित भुमीमा जनगणना सर्वेक्षकहरु जान नसकेका हुन् । नेपाल सरकारले कालापानी, नाभी, कुटी, गुन्जी र लिम्पीयाधुरा सामेल गरेको नक्सा सार्वजनिक गरे यता भारत सरकारले उक्त भुमीमा सुरक्षा व्यवस्था कडा पारेको र उक्त स्थानमा नेपालीलाई प्रवेश रोक लगाएको छ ।

अहिले जनगणना सर्वेक्षक टोली ब्याँस गाउँपालिका १ छाङ्गरुको परिवार सुचिकरण गरी तिंकरमा परिवार सुचिकरण गरिरहेको र सुचिकरण पश्चात सर्वेक्षण टोली सदरमुकाम फर्किनेबताइएको छ ।

अतिक्रमित भुमीमा जनगणना गर्न केन्द्रीय तथ्याँक विभागले परराष्ट्र मन्त्रालयमार्फत कुटनैतिक पहल गरेर मात्र भारत सरकारको समन्वयमा परिवार सुचीकरण र जनगणना गर्न सकिने जिल्ला तथ्याक कार्यालय दार्चुलाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);