चट्याङले भाइकाे मृत्यु, दाजु घाइते, भैंसी पनि मर्‍याे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चट्याङले भाइकाे मृत्यु, दाजु घाइते, भैंसी पनि मर्‍याे

बैतडी । बैतडीको डिलाशैनीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । तीन घाइते भएका छन् ।

साेमबार साँझ चट्याङ खस्दा डिलाशैनी गाउँपालिका-५ खालीबाटा महेश लुहारकाे ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ । मृतकका दाजु अम्बे लुहार, भिनाजु हरिचन्द्र कोली र दार्चुलाकाे शैल्यशिखरका दिपक महर घाइते भएका छन् ।

मृतक लुहारका श्रीमती र एक छोरा छन् । 

स्वाखानीबाट भैंसी ल्याउँदै गर्दा चट्याङ खसेकाे स्थानीय मनिराम भुलले जानकारी दिए । उनीहरु भैंसी किनेर ल्याउँदै थिए । तर, ७० हजारमा किनेकाे भैंसी पनि चट्याङ लागेर मरेकाे छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);