शिक्षण पेसा छोडेर व्यावसायिक कृषि पेसामा नङ्ग्रा खियाउँदै डम्बर खड्का | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

शिक्षण पेसा छोडेर व्यावसायिक कृषि पेसामा नङ्ग्रा खियाउँदै डम्बर खड्का

दैलेख । स्देशमा रोजगारी पाउन मुस्किल रहेको भन्दै कर्णालीका कैयौँ मानिस वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ । स्वदेशमै रहेकामध्ये धेरैले कृषिबाहेक अन्य व्यवसाय गर्ने गरेका छन् । तर, स्वदेशमै केही गर्नुपर्छ भने लागेको मध्ये एक हुन दैलेखका डम्बर खड्का । जोे शिक्षण पेसा छोडेर स्वदेशमै कृषिमा लाखौँ रुपैयाँ लगानी गरेर कृषि पेसामा नै रमाइरहेका छन् । 

दैलेखको दुल्लु नगरपालिका वडा ६ का डम्बर खड्का शिक्षण पेसा छोडेर अहिले व्यावसायिक कृषि पेसामा लागेर खेतबारीमै नङ्ग्रा खियाउँदै छन् । २०७७ सालदेखि सुन्तला  खेती सुरु गरेका उनले मालिका कृषि तथा पशुपक्षी फर्म सञ्चालनमा ल्याएका हुन् । आफू सुन्तला खेतीमा लाग्दा र आफूले गरेको खेतीबाट सफलता मिल्दा निकै सन्तुष्टी मिलेको उनी बताउँछन् । उनको उदेश्य भनेको युवालाई गाउँमै रोजगारी दिने हो ।अहिले पनि ४ जना युवाले नियमित रोजगारी पाएका छन् । यो व्यवसायलाई बढाउदै अन्य युवालाई पनि रोजगारी दिने उनी बताउँछन् । 

एक लाख रुपँयाबाट  सुन्तला खेति सुरु गरेका उनले अहिले व्यवसाय बढाएर वार्षिक ६ लाखको बराबरको सुन्तलाका बेर्ना उत्पादन गरिरहेका छन् । मालिका कृषि तथा पशुपक्षी फर्ममा ३ वटा पक्की नर्सरी २१ मिटर लम्बाइमा निमार्ण भएका छन् । 

४ लाख लगानी लगाएर व्यवसाय सुरु गर्दा खर्च कटाएर वार्षिक २ लाख बचत हुन्थ्यो १ वर्षमै  । व्यवसाय बढाएसँगै अहिले आम्दानी पनि बढ्दै गएको छ । सुन्तला खेती सुरु गरेदेखि नै आम्दानी राम्रो भएको उनले बताए ।

यसरी सुरु भयो सुन्तला बगैचा निमार्ण 

फलफुल तथा अन्य जडीबुटीजन्य बिरुवा रोप्नुपरेमा बिरुवाका लागी बनेपा, काठमाडौं सम्म पुग्नुपर्ने अवस्थामा गाउँघरमै नर्सरी स्थापना भएपछि स्थानीय खुसी भएका छन् । बिरुवाको सहज पहुँ नहुँदा यस भेगका धेरैले चाहेर पनि फलफुल खेति गर्न सकेका थिएनन्, अब फलफुल खेतिको विकास हुने बिश्वास लिईएको छ । नर्सरीलाई व्यवस्थित बनाउँदै गाउँ टोलमा बिरुवा बिक्रि वितरण गरिरहेकोे उनको भनाई छ । 

कसरी लागे शिक्षणबाट कृषिमा ?

सुरुमा उनले एज पिस.होम्स.एकेडेमि सुर्खेतमा र म्यानस अग्रेजी विद्यालय काठमाण्डौमा शिक्षक भएर काम गरे ।  त्यतिखेर उनको तलब सेवा सुविधा राम्रै  थियो । तर आफनो बाउ बाजेले जोडेको सम्पति लथालिङ्ग ,खेतबारी सबै बाझो उनको मन सधै खिन्न हुन्थ्यो । सबै गाउँका युवा रोजगारी छैन्भन्दै विदेशतिर लागे ,गाउँमा मलामी जान समेत मान्छे पाएन छाडे । यी सब कुराले उनको मनमा सन्तोष भएन् । र आफनै ठाउँमा केहि गर्छु र अरुलाई पनि सीकाउछु भन्दै उनी गाउँ पसे, गाउँ पसेको मात्र १ वर्ष भयो ४÷६ जनालाई त उनले दिनहु रोजगारी दिरहेका छन् । गाउँका सबैलाई आत्मनिर्भर बनाउन चाहान्छन् । पुरानो खेति पणालीलाई परिवर्तन गर्ने उनको सोच छ । 

कति  लगानीमा शुरु गरे व्यवसाय ?

१ लाखबाट सुन्तला बगैचा निमार्ण शुरु गरेका खड्काले अहिले ५० प्रतिशत अनुदान कृषि विकास कार्यालय र ५० प्रतिशत मालिका कृषि तथा पशुपक्षी फर्मको गरी जम्मा १२ लाखको बराबरको लागतमा नर्सरी निमार्ण कार्य पनि सम्पन्न गरेका छन् ।  नर्सरीमा तिनपाते सुन्तला कलमी,अगौटे,पछौटे जातका सुन्तला निमार्ण र परीक्षण गरिसकेका छन् । तरकारी खेतीबाट पनि उनले राम्रो आम्दानी गर्न थालेका छन् । तरकारी खेतीमा,काक्रा,फर्सी,चिचिन्डा,लौका,करेला लगाएतका छन् । काउली बन्दाका बेर्ना समेत उमारी सकेका छन् ।  सुन्तला बगैचा निमार्ण गर्दै जाँदा उनलाई तरकारी खेती सुरु गर्न मन लाग्यो । त्यसपछि उनले तरकारी खेति सुरु गरे । तरकारीबाट पनि मनग्य आम्दानी गर्दै आएका छन् ।

पशुपंक्षी पालन 

१५० को संख्यामा टर्की,२०० को संख्यामा कडकनाथ कुखुरा,५० वटा लोकल कुखुरा समेत रहेका छन् । सजिलो र आम्दानी राम्रो हुने व्यवसाय पनि भएकाले अरु छिमेकीलाई समेत उनले परामर्श गरेर पशुपालन गर्न लगाएका छन्  । जोखिम पनि कम’ उनले भने,‘यो व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ ।’ तरकारी खेतीबाट पनि राम्रो गर्न सकीन्छ उनले भने यो व्यावसाय गर्नका लागी क्षेत्रफल धेरै नचाहिने हुनाले पनि अझ सहज हुने उनको विश्वास छ  ।
तरकारीमा आम्दानी राम्रो हुने भएपनि रोग किराको प्रकोप धेरै हुने, मूल्य नपाउने जोखिम बढी हुन्छ’ उनले भने,‘ नगरपालिका तथा वडाले बजारीकरणमा समन्वय गरिदिए अझै राहत हुने उनी बताउँछन । 

उनको युवाहरुलाई सुझाव 

कृषि क्षेत्रमा कुनै योग्यता पनि नचाहिने हुनाले पनि कृषि पेसा रोजेको उनी बताउँछन् । ‘कृषि भनेको अनुभवको आधारमा खेती गर्न सकिने पेसा हो । यसमा कुनै डिग्री सर्टिफिकेट चाहिएन, अनुभवको डिग्री भयो’ उनले भने, ‘जागिर खानलाई लोकसेवा पढ्नु प¥यो तर कृषिमा परेन ।’

लोक सेवामा नाम निकाल्न गाह्रो भयो भनेर कतिपय युवा युवती जिवन नै सकीए जस्ता गर्छन,’उनले भने,‘त्यस्तो होइन जिवन सकिएको छैन कृषिमा होमिनुस । व्यवसायमा लागेपछि त्यति पछुतो हुदैन ।  अर्काको देशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशमा पसिना बगायो भने जिवन जिउन गाह्रो छैन् ।’ आफ्नो देशमा कृषि गरे आत्मनिर्भर हुन सकिन्छ । अहिले स्थानीय सरकारले कृषि क्षेत्रमा धेरै राम्रो काम गरिरहेका कारण पनि यो पेसा गर्न थप ऊर्जा मिलेको उनले बताए ।

उनका अनुसार कर्णाली प्रदेशले ब्याज, प्रोत्साहन अनुदान, ब्लक, जोन तथा सुपर जोन कार्यक्रम, अनुदानका कार्यक्रम लगायत धेरै राम्रो काम गरेको छ । यस्ता कार्यक्रमहरूले व्यवसाय गर्न धेरै ऊर्जा मिल्ने उनले बताए । उनले पनि कृषि विकास कार्यालय दैलेखको १ निर्वाचन क्षेत्र १ नर्सरी व्यावस्थापन कार्यक्रम अन्तर्गत अनुदान पाएका छन् । ‘अनुदान पाए पछि व्यवसाय गर्न धेरै सजिलो भयो’ उनले भने ।

तर कृषिमा अनुदानको कार्यक्रम लिन धेरै समस्या रहेको उनले बताए । सामान्य किसानले अनुदान पाउन एकदम गाह्रो छ । धेरै पढेकोले मात्र गर्न सक्छन् । एकदम झन्झटिलो छ । उनले किसानलाई अनुदानभन्दा पनि ब्याज अनुदान दिए धेरै राम्रो हुन्छ उनको सुझाव रहेको छ । 
 

Leave a Reply