कांग्रेस कालीकोटको सभापतिमा शाही | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेस कालीकोटको सभापतिमा शाही

कालीकोट । नेपाली कांग्रेस कालीकोट जिल्ला सभापतिमा अम्बबहादुर शाही चयन भएका छन् । सातौँ जिल्ला अधिवेशनबाट उपसभापतिमा मीनबहादुर बोगटी र नन्दबहादुर शाही ‘घमन’ तथा सचिवमा नगेन्द्र विष्ट र मात्रिका सिंह चयन भएका हुन् ।

अन्य पदाधिकारी र महासमिति सदस्य पनि सहमतिमा चयन गर्ने प्रयास भइरहेकाे कांग्रेस कालीकोटका सचिव नगेन्द्र विष्टले बताए । सभापति शाही कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन भने उपसभापति बाेगटी प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा पक्षका हुन् । अर्का उपसभापति शाही पौडेल पक्षका हुन् । सचिव विष्ट पौडेल पक्षका हुन् भने सिंह देउवा पक्षका हुन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);