कांग्रेस विराटनगर सभापतिमा चापागाईं विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेस विराटनगर सभापतिमा चापागाईं विजयी

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिका सभापतिमा दीपक चापागाईं विजयी भएका छन् । उनी  कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालानिकट हुन् ।

आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार चापागाईंले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतान्तरले पराजित गरेका हुन् । चापागाईँले  २ सय १२ मतसहित पाउँदा न्यौपानेले १ सय ६५ मतमा चित्त बुझाए । न्यौपाने सभापति शेरबहादुर देउवानिकट हुन् ।

सभापतिकै प्रतिस्पर्धी कृष्ण कार्की  र अरूण न्यौपाने क्रमशः १सय ३३ र १ सय २७ मत पाएर पराजित भए ।  उपसभापतिमा निरोज कोइराला र इन्दु सुवेदी, सचिवमा झुमा निरौला र तेजिन्द्र भट्टराई, सहसचिवमा सचिन पोखरेल र दिवस नेपाल विजयी भएका छन् ।

शनिबार भएको नगर अधिवेशनमा ६ सय ८१ मतदातामध्ये ६ सय ६४ मत खसेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);