जुम्ला (क) र (ख) मा पौडेल पक्षीय प्यानल विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जुम्ला (क) र (ख) मा पौडेल पक्षीय प्यानल विजयी

जुम्ला । नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र (क) र (ख) मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय प्यानल विजयी भएको छ । (क) मा लछिमन बोहरा र (ख) मा कालीबहादुर बुढा सभापतिमा विजयी भएक हुन् । बोहराले सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार नारायण शाहीलाई पराजित गरे । (ख) मा बुढाले देउवा पक्षीय भीमनिधि हमाललाई हराए ।

(ख) को उपसभापतिमा दानसिंह खत्री, सचिवमा जंग रोकाया र अमर खत्री, सहसचिव दानवहादुर रावत र नरबहादुर शाही विजयी  भएका छन् । (क) मा उपभासतिमा तिलकप्रसाद न्यौपाने र रुपबहादुर रोकाया विजयी भएका छन् । सचिवमा तीर्थराज न्यौपाने र अर्जुन महतारा विजयी भए भने सहसचिवमा छाया बोहरा र बुद्धि तामाङ चयन भएका छन् ।

 यसअघि भएको गाउँ/नगर अधिवेशनमा पनि पौडेल समूहकै वर्चस्व कायमै रहेको थियो । जुम्लाको  एउटा नगरपालिका र सा गाउँपालिकामध्ये दुई स्थानीय तहमा देउवा पक्षले जितेकाे छ । बाँकी स्थानीय तहमा पौडेल पक्षले बाजी मारेकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);