काँग्रेस महाधिवेशन– आज ११ जिल्लामा सुरु भयो जिल्ला सभापतिको लागि मतदान | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

काँग्रेस महाधिवेशन– आज ११ जिल्लामा सुरु भयो जिल्ला सभापतिको लागि मतदान

काठमाडौँ । नेपाली काँग्रेसको जिल्ला तहको नेतृत्व छनोट प्रकृया सुरु भएको छ । कतिपय जिल्लाको वडा तहको कृयाशिल विवाद टुङग्याउन नसकेर अल्झिरहेको अवस्थामा पनि ११ जिल्लामा भने जिल्ला तहको नेतृत्व छनोट प्रकृया शुक्रबारबाट अघि बढेको छ । ति जिल्लाहरुमा अहिले मतदान प्रकृया अगाडि बढेका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार शुक्रबारबाट मुस्ताङ, रामेछाप, ताप्लेजुङ, संखुवासभा, दोलखा, मनाङ, बाजुरा, बझाङ, गोरखा र रुकुम पूर्वमा निर्वाचन प्रक्रिया सुरु भएको जनाएको छ ।

आज हुने निर्वाचनमा गोरखाबाहेक जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला सभापतिको निर्वाचन सँगैसँगै हुनेछ । कांग्रेसमा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा सभापतिको उम्मेदवार हुनका लागि क्षेत्रीय प्रतिनिधि र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्ने प्रावधान छ । गोरखामा दुई निर्वाचन क्षेत्र छन् ।

११ जिल्लाबाट करिब ३ सय महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । दसैंअघि अधिवेशन हुने भनिएका २१ जिल्लामध्ये रसुवामा क्रियाशील सदस्यताको विवाद अझै टुंगिएको छैन । सोलुखुम्बुमा दसैंपछि मात्र निर्वाचन हुने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);