एमाले दृष्टिकोण : कांग्रेस दलाल पुँजीवादी, माओवादी अस्थिर, मधेशी संकीर्ण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एमाले दृष्टिकोण : कांग्रेस दलाल पुँजीवादी, माओवादी अस्थिर, मधेशी संकीर्ण

काठमाडौं । एमालेले कांग्रेसलाई दलाल पुँजीवादीको कित्तामा चित्रित गरेको छ । शुक्रबारबाट सुरु भएको पार्टीको प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसलाई दलाल पुँजीवादी, माओवादीलाई अस्थिर र मधेशवादी दललाई संकीर्ण उल्लेख गरेका छन् ।

‘नेपाली कांग्रेसको दलाल पुँजीवादी वर्ग चरित्र, नवउदारवादी पुँजीवादी बाटो, यथास्थितिवाद र राष्ट्रियताका विषयमा ढुलमुले एवं सम्झौतापरस्तक्रियाकलापप्रति हाम्रो विरोध छ । यो पार्टी हाम्रो मुख्य प्रतिष्पर्धी पार्टी हो’, प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले उल्लेख गरेका छन् । 

माओवादी केन्द्र र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच रहेको आरोप लगाउँदै ओलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘माओवादी केन्द्र, मूलतः ‘प्रचण्ड‘ का अस्थिर, अवसरवादी एवं विभाजनकारी सोच र व्यवहारप्रति हाम्रो विमति छ ।’ 

मधेशवादी दलको संकीर्ण, यथास्थितिवादी सोचप्रति एमालेको असहमति रहेको ओलीले बताएका छन् । ‘मधेस–केन्द्रित दलका संकीर्ण, यथास्थितिवादी एवं राष्ट्रियताका विषयलाई असर पु¥याउने सोच र गतिविधिप्रति हाम्रो असहमति छ’, ओलीले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् । 

केही दलहरू राजनीतिक राजतन्त्र फर्काउन चाहेकोप्रति आपत्ति रहेको भन्दै उनले भनेका छन्, ‘कतिपय दलहरु राजतन्त्र फर्काउन चाहन्छन्, कति धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन् । यसमा हाम्रो आपत्ति र विरोध छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);