विद्यालयको अनुदान कटौती गरेपछि गाउँपालिकामा तालाबन्दी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विद्यालयको अनुदान कटौती गरेपछि गाउँपालिकामा तालाबन्दी

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको शान्निकोट आधारभूत विद्यालयको अनुदान कटौती गरेको भन्दै पालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिकाको शिक्षा समितिले अनुदान कटौती गरेको भन्दै विद्याललका शिक्षक, विद्यार्थी र अभिभावकले तालाबन्दी गरेका हुन् ।

विद्यालयले २०७५ सालदेखि पाउँदै आएको शिक्षक सिकाइ अनुदान कोटा कटौती गरेर विद्यार्थीको भविष्य माथि खेलवाड गरेको विद्यालयका प्राध्यानाध्यापक हर्कबहादुर सुतारले बताए  । 

‘विद्यालयमा ६, ७ र ८ सम्मका कक्षाहरू एक जना अनुदान कोटा र निजी शिक्षकमार्फत सञ्चालन भइरहेका छन्’, उनले भने, ‘पालिकाको विभेदपूर्ण निर्णयले तालाबन्दी गर्न बाध्य भयौँ ।’ 

गाउँपालिका शिक्षा समितिको ११ असोजमा बसेको बैठकले शान्निकोट आधारभूत विद्यालयको अनुदान कटौती गरी अलकनन्दा मावि र जनज्योति आधारभूत विद्यालयलाई अनुदान दिने निर्णय गरेको थियो । 

गाउँपालिकाका सबै विद्यालय आफ्ना लागि समान रहेको र कसैलाई विभेद नगरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र खड्काले बताए ।  संघबाट आएका तीनवटा कोटा सबैको सर्वसम्मत तरिकाले समितिको बैठकबाट निर्णय गरेकाले आक्रोशित हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);