काठमाडौं, १६ कात्तिक । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध तनहुँ क्षेत्र नम्बर १ बाट पूर्व गृहमन्त्री गोविन्दराज जोशीले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट बागी उम्मेदवारी दिएसँगै पौडेललाई अप्ठ्यारो पर्ने देखिन्छ । जोशीले तनहुँ १ बाट टिकट मागेका थिए । तर यस क्षेत्रमा पार्टीले बरिष्ठ नेता पौडेललाई टिकट दिएपछि जोशीले आक्रोशित हुँदै बागी उम्मेदवारी दिएका छन् ।
जोशीले आफू तनहुँ १ को ‘आधिकारिक उम्मेदवार’ भएकाले जित्ने दाबी गरेका छन् । भ्रष्टाचारको आरोप लागेका जोशीलाई कांग्रेसले टिकट निदएपछि जोशीले पौडेलको ‘जमानत जफत’ गरिदिने चेतावनी दिँदै आएका छन् ।