काठमाडौँकी कान्छी उम्मेदवार सुबुनाको उम्मेदवारी दर्ता, गगन र राजनसँग टक्कर | ईमाउण्टेन समाचार

Our Network

माघ १३ २०७९, शुक्रबार

काठमाण्डौँ, १६ कार्तिक । दोस्रो चरणको निर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयन दर्ता गरिरहेका छन् । सोही अनुरुप काठमाण्डौँमा उम्मेदवारी दर्ता गराउनेहरुमध्ये सबैभन्दा कान्छी सुबुना बस्नेतले राष्ट्रिय सभागृहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेकी छिन्।

२६ वर्षकी सुबुनाले विवेकशील साझा पार्टीबाट काठमाण्डौँ क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएकी हुन् । उनले कांग्रेस युवा नेता गगन थापासँग प्रतिष्पर्धा गर्ने छिन् । यही क्षेत्रबाट नेता थापाले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्। एमालेले वाम गठबन्धनका तर्फबाट भने यो क्षेत्रमा डा। राजन भट्टराईलाई उम्मेदवार बनाएको छ।