काठमाण्डौँ, १६ कार्तिक । नेपाली कांग्रेसकी नेत्री डा आरजुराणा देउवा प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपटक कैलाली क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ता गराएकी छिन् । दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेकी आरजु प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन् ।
यसैगरी नेका संसदीय दलका उपसचेतक ईश्वरीदेवी न्यौपाने पनि पहिलोपटक प्रत्यक्ष निर्वाचनमा कैलाली क्षेत्र नं १ मा टिकट प्राप्त गरेकी छिन् ।
यसैगरी कैलाली क्षेत्र नं २ बाट नेकाका तर्फबाट मोहनसिंह राठौरले टिकट प्राप्त पाएका छन् । यसअघिको निर्वाचनमा राठौर नेकपा ९एमाले०का तर्फबाट सोही जिल्लाबाट सांसद पदमा निर्वाचित भएका थिए ।