काठमाडौं । राजकुमार लेखीले नवगठित लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका छन् । आदिवासी जनजाती नेता लेखीले बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीका सबै पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जनाएका छन् ।
‘अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेकोले पार्टीका सबै पदबाट राजीनामा दिएको छु’, नेता लेखीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।