कांग्रेस सांसद अमरेशकुमार सिंहद्वारा पदबाट राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कांग्रेस सांसद अमरेशकुमार सिंहद्वारा पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा धनुषाबाट निर्वाचित संघिय सांसद डा. अमरेशकुमार सिंहले राजीनामा दिएका छन् ।

माउण्टेन टेलिभिजनको कार्यक्रम ‘आजको सन्दर्भ’मा बोल्दै सिंहले राजीनामा दिएको घोषणा गरेका हुन् ।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले सदस्यता वितरणमा मनपरी गरेपछि सिंहले पदबाट राजीनामा दिएका हुन् ।

सिंहले आफ्नै पार्टीका इमानदार, निष्ठावान र प्रतिवद्ध कार्यकर्ताहरूको संरक्षण गर्न नसकिने भन्दै देश र जनहितको संरक्षण गर्न कसरी सकिन्छ भने प्रश्न गरेका छन् । उनले भष्मासुर प्रवृत्तिविरुद्ध लड्न नागरिकका रूपमा जनताबीच जानु उपयुक्त ठान्दै राजीनामा दिएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);