काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
ज्वरोसँगै शारीरिक कमजोरी भएका कारण नेपाल बुधबार साँझ ७ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् । अस्पतालका अनुसार नेपाललाई ज्वरो र शारीरिक कमजोरीको समस्या छ ।