एजेन्सी । जापानमा पूर्वविदेशमन्त्री फुमिओ किशिदा नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रयाटिक पार्टी (एलडीपी) कोे नयाँ नेता चयनका लागि बुधबार भएको मतदानमा चुनिएपछि उनी प्रधानमन्त्री हुने निश्चित भएको हो ।
किशिदाले केही साताभित्र संसदमा हुने निर्वाचनमा विश्वासको मत लिनुपर्ने हुन्छ । गत वर्ष प्रधानमन्त्री बनेका योसिहिदे सुगाले केही महिनाअघि पार्टी नेतृत्वबाट राजीनामा दिएका थिए ।