काठमाडौं । आज २८ सेप्टेम्बर, विश्वभर रेबिजविरुद्धको दिवस मनाइँदैछ । यो दिवस सन् २००७ देखि मनाउन थालिएको हो । रेबिजविरुद्धको खोप पत्ता लगाएका फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरको पनि २८ सेप्टेम्बर, सन् १८९५ मा मृत्यु भएको थियो । रेबिजविरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले पु¥याएको योगदानको कदर गर्दै यस दिन उनको सम्झना गर्ने गरिन्छ ।
‘रेबिजः तथ्य, डर हैन’ नाराका साथ यस वर्षको विश्व रेबिजविरुद्धको दिवस संसारभर मनाइँदै छ । रेबिजकै कारण विश्वमा वर्षेनि १ लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । जसमा आधाभन्दा बढी १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।
कुकुरसहित विभिन्न जनावरको टोकाइबाट रेबिज सर्ने भए पनि विश्वभरको तथ्यांक हेर्दा ९५ प्रतिशत रेबिज कुकुर टोकाइबाट हुने गरेको देखिन्छ ।
के हो रेबिज ?
रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपिक भाइरस भनिन्छ जसले जनावरको शरीरमा प्रवेश गरेपछि रेबिज गराउँछ ।
रेबिजको इतिहास
इजिप्ट सभ्यतामा आजभन्दा करिब चार हजार ३०० वर्ष अगाडिको इतिहासमा रेबिज रोग बारे उल्लेख गरेको पाइन्छ । दार्शनिक एरिस्टोटलले आजभन्दा २ हजार ३०० वर्ष अगाडि लेखेको नोटमा पनि रेबिज लागेको कुकरले मान्छेलाई टोकेमा या रेबिज लागेको जनावरसँगको सम्पर्कमा मान्छे आएमा रेबिज लाग्ने तथ्य उल्लेख गरेका छन् ।
मानिसमा कसरी सर्छ रेबिज ?
रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरको टोकाइबाट रेबिज मानिसमा सर्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।
सुरुमा जनावरको ¥यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधिय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्छ ।
गिदीमा संक्रमण भएपछि मात्र विशेष लक्षण देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस ¥याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्छ । संक्रमित जनावारले टोक्दा ¥याल ग्रन्थीमा भएको भाइरस फेरि अर्काे जनावारको शरीरमा प्रवेश गर्छ । रेबिज भएका जनावर अथवा कुकुर, चमेरा, बिरालो आदिले टोक्दा वास्ता नगर्नु र स्वास्थ्य संस्थासम्म जान आनाकानी गर्नाले रेबिजको कारण नेपालमा वर्षेनि सैयौंको ज्यान जाने गरेको छ ।
घरपालुवा जनावर अझ विशेषगरी कुकुरलाई समयमै रेबिजविरुद्धको खोप लगाइएन भने रेबिज लाग्ने सम्भावना रहन्छ । स्वास्थ्य चौकीमा रेबिजविरुद्धको खोप तथा रेबिज भाइरस शरीरमा प्रवेश गरिसकेपछि लगाइने ‘पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस’ अर्थात् पिइपि इञ्जेक्सनलाई अझै सहज उपलब्ध छैन ।