बाजुरा । जिल्ला अस्पताल बाजुराका डाक्टरहरूले उपचार सेवा प्रवाहमा लापरबाही गर्ने गरेका छन् । अस्पतालको पोपिडी १० बजे नै खुल्ने गरे पनि डाक्टरहरू भने ११ बजेसम्म पनि अस्पतालमा आइपुग्दैनन् ।
अस्पतालका एक कर्मचारीका अनुसार उपचारका लागि अस्पताल आउनेहरू घण्टौं कुर्न बाध्य छन् । कहिलेकाही म्यासेन्जरबाटै रिर्पोट मगाएर कोठाबाटै हेर्ने गरेको उनको भनाइ छ । जिल्ला अस्पतालमा ६ जना मेडिकल अधिकृत कार्यरत छन् । यहाँ एकजना डेन्टल सर्जन पनि छन् । ‘टाढाबाट उपचार गर्न जिल्ला अस्पताल आयौँ तर यहाँ डाक्टर नआएकाले अन्य स्वास्थ्यकर्मीले जाँच गरायौं,’ अस्पतालमा भेटिएका एक बिरामीका आफन्तले भने ।
जिल्ला अस्पतालमा डाक्टरहरूले विहान १० बजेदेखि २ बजेसम्म ओपिडीमा अनिवार्य बस्नुपर्ने जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताए ।