काठमाडाैं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएलमा काठमाडौं किङ्स–११ ले विजयी सुरुवात गरेको छ ।
किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मेदानमा क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौंले विजयी सुरुवात गरेको हो ।
ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा जिम्बाबेका रायन ब्रुल र रहमानउल्लाह गुर्बाजले अर्धशतकीय इनिङ्स खेले ।a रायनले अविजित रहदै ३४ बलमा ३ चौका र ७ छक्कासंगै ७३ रन जोडे ।
गुर्बाजले ३६ बलमा ४ चौका र ४ छक्कासहित ५९ रन बनाए । यस्तै राजु रिजाल १९ रनमा अविजित रहे । ललितपुरका पवन सर्राफले १ विकेट लिए । यो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।
ललितपुरका लागि पवन सर्राफले ४४ बलमा ५ चौका र ४ छक्का ६१ , योगेन्द्र सिंह कार्कीले ३३ रन बनाए । काठमाडौंका जितेन्द्र मुखियाले ४ तथा रायन ब्रुुलले गुलशन झाले २/२ विकेट लिए । काठमाडौंका कप्तान सन्दीप लामिछाने र शाहिद अफ्रिदीले विकेट लिन सकेनन् । जितसँगै काठमाडौंले पहिलो खेलमा २ अंक जोडेको छ ।