अब यात्रुको प्रस्थानविन्दु र गन्तव्यको विवरण प्रहरीलाई बुझाउनुपर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अब यात्रुको प्रस्थानविन्दु र गन्तव्यको विवरण प्रहरीलाई बुझाउनुपर्ने

kathamandu yatru

ताप्लेजुङ । ताप्लेजुङका यातायात व्यवसायीहरूको संस्थाले यात्रुको भ्रमण प्रस्थानविन्दु र गन्तव्यको जानकारीसहितको विवरण नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने भएको छ ।

शुक्रवार प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको अध्यक्षतामा बसेको बैठकले यातायात व्यवसायीहरूले निर्धारित भाडादर, यात्रुको भ्रमण प्रस्थानविन्दु र गन्तव्यको जानकारीसहितको विवरण  नजिकको प्रहरी कार्यालयमा पठाउनुपर्ने निर्णय गरेको हो । 

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले छठ पर्वसम्म अहिले कायम रहेको भाडादरमा वृद्धि नगर्न र साविककै प्रचलित दरलाई कार्यान्वयन गर्न यातायात व्यवसायी समक्ष प्रस्ताव गरेका छन् ।

‘यसो गर्न सकेमा यातायात व्यवसायीले यात्रुलाई पर्वका बेला छुट दिएको अनुभूत पनि हुन्छ’, प्रजिअ पाण्डेले भने । उनले प्रचलित भाडादरभन्दा बढी लिएमा प्रशासन ‘एक्सन’मा उत्रने चेतावनी समेत दिएका छन् । 

बैठकले सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नेसमेत निर्णय गरेको छ ।  पाथीभरा देवीको दर्शन गर्न आउने तीर्थयात्रीको दर्शन यात्रालाई सहज बनाउन यातायात व्यवसायीहरूसँगको समन्वय र सहकार्यमा सहयाता कक्ष स्थापना गर्नेसमेत बैठकले निर्णय लिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिंह राणाका अनुसार तोक्मेडाँडा क्षेत्रमा र वीरेन्द्र चौकमा भिडभाड नियन्त्रण तथा जनस्वास्थ्यका मापदण्डको पालना गर्ने/गराउने कार्यमा सहजीकरण गर्न सहयाता कक्ष स्थापना गर्ने योजना बनाइएको छ । 

चाडपर्वहरू नजिक आउन थालेकोले उपभोग्य वस्तुको अभाव हुन नदिइ बिक्रीलाई सहज बनाउन व्यवसायीहरूले अनिवार्य रूपमा दैनिक मूल्य सूची राख्नुपर्नेसमेत निर्णय गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);