प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस १४ औं महादिवेशनको संघारमा छ । र कांग्रेस भित्र उम्मेदवारी घोषणा गर्नेहरुको होडबाजी नै चलेको छ । पछिल्लो समय सबै भन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस आफैमा विकृत बन्दै भएको भनेर चौतर्फी रुपमा कांग्रेसले आलोचनाको सामाना गरिरहेको छ ।
कांग्रेस भित्र नै एक आर्का प्रति नेताहरुको चरम असन्तुष्टि रहेका छन् र एक आर्काले अहिले पनि नेतृत्वमा आफ्नो दावि गरिराख्दा खेरी त्यो दावि केका लागि ? देशका लागि के गर्न सक्ने ? कांग्रेसको लागि के गर्न सक्ने ? भन्ने बिषयमा गहन ढंगले आफ्ना ऐजेण्डाहरु प्रस्तुत गर्न नसकेको अवस्थामा कांग्रेसको आगामि नेतृत्व कस्तो होला ?
साथ साथै अहिले मुलुक जटिल परिस्थीतिमा पुगेको बेला कांग्रसले पुनः देशको नेतृत्व गर्ने अवसर पाएको छ । तर त्यो अवसरको सदुपयोग गर्न सकेन सरकार सञ्चालनमा कांग्रेसले गम्भीर लापरवाही ग-र्याे भन्ने आरोप पनि कांग्रेसले खेपी राखेको अवस्थामा सरकार सञ्चालन कसरी गर्छ ? कसरी गर्नु पर्ला ? लगाएका बिषयमा सधैंभरी समसामायिक जनता संग जोडिएका कांग्रेस भित्रका बिकृत भएका बिषयमा खरो ढंगले प्रस्तुत हुने वक्ता नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ संग माउण्टेन टेलिभिजन एचडीका लागि मञ्जु कार्कीले गरेको कुराकानी ।




