काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोटअन्तर्गत समूह एफको खेल खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ ।
नेपाली टोली बिहीबार मध्यान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । नेपाली टोली उज्वेकिस्तान इस्तानबुल हुँदै काठमाडौ फर्किएको हो ।
नेपालले उज्वेकिस्तानको जेएआर स्टेडियममा समूह एफमा दुई खेल खेलेको थियो । नेपालले पहिलो खेलमा फिलिपिन्ससँग २-१ को नतिजा गुमाएको थियो भने हङकङसँग गोलरहित बराबरी खेलेको थियो ।
फिफा वरीयतामा नेपालभन्दा निकै माथि रहेका दुवै टोलीविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर दुई खेलबाट १ अंक जोडेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
नेपाली टोलीलाई महिला संघकी अध्यक्ष बृन्दा देवान र लिग कमिटी सह संयोजक रमेश रायमाझीले स्वागत गरेका थिए ।