सरकार दिनगन्ती गरेर बस्दैन, समय खेर फाल्दैनौँ : मुख्यमन्त्री शाक्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकार दिनगन्ती गरेर बस्दैन, समय खेर फाल्दैनौँ : मुख्यमन्त्री शाक्य

चितवन । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू अल्पमतमा परे पनि दिनगन्ती गनेर नबस्ने बताएकी छन् ।

जिल्ला समन्वय समिति चितवनको पाँचौं जिल्ला सभालाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले प्रदेश सरकार अल्पमतमा परेको भए पनि दिनगन्ती गरेर नबस्ने बताएकी हुन् ।

‘प्रदेश सरकार निश्चित रूपमा अल्पमतमा छ, हामीलाई भन्नै पर्दैन । तर हामी दिनगन्ती गरेर बस्दैनौँ, बसेका छैनौँ’, उनले भनिन्, ‘प्रत्येक दिन, प्रत्येक घन्टा के गर्न सकिन्छ भनेर लागिरहेका छौँ । समाजवादको लक्ष्य प्राप्त गर्न के गर्न सकिन्छ । त्यसको कार्यक्रम तयार गर्नुपर्छ भनेर लागेका छौँ ।’

सरकारका मुख्यमन्त्री र मन्त्रीको आचरण कस्तो हुने भनेर आफ्नो सरकारले आचारसंहिता समेत बनाएर लागू गरेको उनले बताइन् । सरकारले अलिकति पनि समय खेर नफाल्ने भन्दै उनले जति समय बाँकी छ, त्यति समय काम गरेर देखाउने बताइन् ।

‘हामीले पहिला आफ्ना आचरण कस्तो हुने भनेर आफ्नो लागि भनेर आचारसंहिता बनाएका छौँ । बनाएका मात्रै छैनौँ । लागू पनि गरेका छौँ’, उनले भनिन्, ‘जे जति समय पाउँछौँ, अलिकति पनि खेर फाल्दैनौँ । जति समय छ, त्यति बेलासम्म काम गर्छाैँ ।’
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);