ट्रष्ट खोलेर समाज सेवामा ब्यस्त पूर्वयुवराज्ञी हिमानी (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ट्रष्ट खोलेर समाज सेवामा ब्यस्त पूर्वयुवराज्ञी हिमानी (एक रिपोर्ट)

काठमाडौँ । पूर्व राजपरिवारकी एक महत्वपूर्ण सदस्य हिमानी शाह अहिले आफ्नै नाममा ट्रष्ट खोलेर समाजसेवामा ब्यस्त छिन् । निस्वार्थ भावनाले समाजसेवामा होमिएकै कारण उनि जनतामाझ निकै लोकप्रिय बन्दै गएकी छिन् । राजसंस्था फालेर गणतन्त्र ल्याउनेहरु हिमानीको समाजसेवाको चर्चा गर्दै आएका छन् ।

आमनागकिरसँग ‘पूर्वराज–घराना’को दूरी बढ्दै गएकाबेला पूर्व युवराज्ञी हिमानी शाह दुई हात जोडेर विनय एवं शालिन मुद्रामा सर्वसाधारणमाझ पुगेकै कारण अहिले उनि सर्वप्रिय बन्दै गएकी हुन् । एकातिर राजसंस्थाको अवशान, अर्कातिर श्रीमान् पारस शाहसँगको बिग्रँदो सम्बन्ध ।

यस्तो विषम परिस्थितिका बीच पनि हिमानी शाह सन्तुलित, सौम्य र सौहाद्र्ध देखिइन्, जसले उनको छवी आकर्षक बनाइदिएको छ । उनिप्रति जनताको छुट्टै आकर्षण छ । उनले छुट्टै छवी र छुट्टै पहिचान बनाएकी छिन् । सरल स्वभावकै कारण पनि जनमानसमा उनि प्रिय बन्दै गएकी हुन् । जनताको मन जित्न सफल हिमानी शाहको चर्चा उनको सुन्दरताको कारण पनि हुने गर्छ ।

राजसंस्थाको अवसान भएलगतै ‘हिमानी कोष’ स्थापना गरेर उनि सर्वसाधारणमाझ घुलमिल हुन पुगिन । कहिले पहाड कहिले तराईका विद्यालयमा पुस्तक–कपी बोकेर पुग्नु उनको दिन चर्या बन्यो ।

दोलखाको नाम्दुबाट शिक्षा, खानेपानी र सिंचाइको कामबाट सुरु गरिएको समाजसेवा अहिले देशव्यापी बन्दै गएको छ । कतिपयले हिमानी कोषमार्फत राजनीतिक सक्रियता बढाएको आरोप लगाएपनि जनताभने उनको कामको खुलेर प्रसंशा गर्छन् ।

हिमानी जहाँ–जहाँ पुग्छिन्, त्यहाँ सर्वसाधारण जनताको भिड लाग्छ । मिडियाले पनि उनलाई पच्छ्याइरहेकै हुन्छन् ।

धर्मकर्ममा लगाव राख्ने उनि कुनै पनि विशेष तिथी–पर्वमा मठ–मन्दिर पुगिरहेकी हुन्छिन् । भारतको राजस्थानको शिखर राज्यका राजपुत विक्रम सिहं र विपुला सिहंकी पुत्री पूर्वयुवराज्ञी हिमानी राज–घरानाकी यस्ती पात्र हुन्, जसको छुट्टै ग्ल्यामर छ ।

राजसंस्था नरुचाउनेहरुपनि हिमानीको समाजसेवा र देश प्रेमप्रतिको लगावकै कारण उनको खुलेर प्रशंसा गर्नेगर्छन् । राजसंस्था फालेर गणतन्त्र ल्याउनेहरु हिमानीको समाजसेवा प्रति गर्व गर्दै आएका छन् । उनीहरुका लागि हिमानी प्रेरणाकी प्रात्र समेत बनेकी छिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);