झापाबाट अवधारणा पत्र सार्वजनिक गर्दै विश्वप्रकाश | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

झापाबाट अवधारणा पत्र सार्वजनिक गर्दै विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीको उम्मेदवारीबारे आज अवधारणा पत्र सार्वजनिक गर्ने भएका छन् । संविधान दिवसको अवसर पारेर मध्याह्न १२ बजे शर्माले झापाको बिर्तामोडमा फेसबुकमार्फत महामन्त्री उम्मेदवारीबारे अवधारणापत्र सार्वजनिक गर्ने भएका हुन् ।

 ‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ भन्ने नारासहित नेता शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणाबारे प्रस्ट पार्ने भएका छन् । कांग्रेस युवा नेता शर्माले २४ भदौमा बिपी स्मृति दिवसको अवसर पारेर सुन्दरीजलबाट १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);