काठमाडौं । बर्दियामा जंगली जनावरलाई भनेर छिमेकीले थापेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले जानकारी दिए ।
एसपी कार्कीका अनुसार शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला उनीहरू छिमेकीले बँदेलका लागि धान खेतमा थापेको विद्युतीय पासोमा परेका हुन् । खेतमा विद्युतीय पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।