सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षाको अभियानमा सहयोग गर्न प्रधानमन्त्री देउवाको आह्वान | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षाको अभियानमा सहयोग गर्न प्रधानमन्त्री देउवाको आह्वान

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा’ प्राप्त पर्ने सरकारको अभियानमा साथ दिन सबैलाई आह्वान गरेका छन् ।

जापान सरकारको सहयोगमा निर्माण गरिएको ललितपुरस्थित नमुना मच्छिन्द्र माध्यामिक विद्यालय भवनको बुधबार उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षाका लागि सरकारको अभियानमा साथ दिन आह्वान गरेका हुन् ।

उनले विद्यालय शिक्षा स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेपनि संघीय सरकारले आवश्यक स्रोत, साधन र व्यवस्थापनमा सक्दो सहयोग गरिरहेको पनि स्मरण गराए । प्रधानमन्त्री देउवाले भूकम्पले ध्वस्त बनाएका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको काम सकिन लागेको भन्दै अव सम्पूर्ण ध्यान गुणस्तरीय शिक्षामै केन्द्रित हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले सो विद्यालयले दृष्टिबिहीन बालबालिकाहरुको पठनपाठन गराउँदै आएकोमा खुसी समेत व्यक्त गरे । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मुलुकको शैक्षिक, सामाजिक तथा आर्थिक क्षेत्र सहजरुपले संचालन गर्न खोप अभियान प्रभावकारी रुपले अघि बढाईरहेको दावी गरे ।

मन्त्री भुसालले सो भवन निर्माणका लागि आर्थिक सहायता उपलब्ध गराएकोमा जापान सरकारलाई धन्यवाद दिए । जाईकाको आर्थिक सहयोगमा निर्माण गरिएको मुख्य शैक्षिक भवन २५ कोठाको रहेको छ भने २ वटा साना भवनमा दृष्टिबिहीन बालबालिकाको पठनपाठन हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);