बैतडीमा एमाले कार्यकर्ता भेला, १५ हजार संगठित सदस्य पुर्‍याउने | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

बैतडीमा एमाले कार्यकर्ता भेला, १५ हजार संगठित सदस्य पुर्‍याउने

बैतडी । नेकपा एमाले बैतडीले अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेलामार्फत संगठित सदस्य १५ हजार पुर्‍याउने गरी कार्यक्रम जारी राखेको छ ।  गत एक महिना यता सुरू भएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममार्फत संगठित सदस्य दोब्बरले वृद्धि गर्ने एमाले बैतडीको योजना छ । 

अन्तिम चरणमा पुगेको अगुवा कार्यकर्ता प्रशिक्षण तथा भेला कार्यक्रममार्फत आठ हजारले वृद्धि गरेर संगठित सदस्य १५ हजार पुर्‍याउने उद्देश्य राखेको एमाले बैतडीका जिल्ला सचिवालय सदस्य लोकेन्द्र भण्डारीले न्युज कारखानालाई बताए ।

६ कात्तिकमा वडा कमिटीको अधिवेशन र ९ गते हुने पालिका कमिटीको अधिवेशनलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए । 

निस्क्रिय अवस्थामा रहेका वडा र पालिकाका अधिकांश सदस्यहरूलाई सक्रिय गराई संगठन विस्तार गरिरहेको पार्टीका जिल्ला कमिटि सदस्य तथा मेलौली नगरपालिका–५ का वडाअध्यक्ष बलभद्र दयालले बताए । 

आगामी १५–१७ असोजमा नेकपा एमालेको विधान अधिवेशन हुने छ भने मंसिरमा महाधिवेशन हुँदै छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);