काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज पनि स्थिर रहेर ९० हजार ६ सय रुपैयाँ नै कायम भएको हो ।
त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार ६ सय ७५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार दुई सय ४५ रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य पनि आज स्थिर रहेर प्रतितोला एक हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ४२ रुपैयाँ तोकिएको छ ।