अबको पचास वर्षसम्म कम्युनिष्टकै सत्ताः नेता भट्टराई | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

ताप्लेजुङ, १५ कार्तिक। नेकपा एमालेका वरिष्ठ नेता एवम् पार्टीका सचिव योगेश भट्टराईले अबको सरकार वामपन्थी शक्तिले चलाउने दावी गरेका छन्।

ताप्लेजुङमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले देशभर चलिरहेको वाम गठबन्धनको चुनावी लहर र एकताको कारण आगामी प्रदेशसभा र प्रतिनिधि सभा चुनावका लागि मात्रै नभई अबको पचास वर्षसम्म वामपन्थी पार्टीले सत्ता चलाउने दावी गरेका हुन्।

अधिकांश समय कांग्रेसले सत्ता समाले पनि देशमा आर्थिक र सामाजिक क्रान्ति गर्न नसकेको कारण राष्ट्रको विकास र समृद्धीका लागि पनि कम्यूनिष्टहरुको एकता भएको उनले बताएका छन्।

विकासको सुरुवात चुनावी एकता पछि प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा एमाले र माओवादी केन्द्रका सबै केन्द्रिय नेता जिल्ला जिल्लाबाट उठ्ने र केन्द्रिय पहुँचको आधारमा आफ्नै ठाउँबाट विकास सुरु गर्ने लक्ष्य बमोजिम आफ्नो उम्मेदवारी गृह जिल्ला ताप्लेजुङबाट दिएको समेत भट्टराईले स्पष्ट पारे ।

ताप्लेजुङलाई अब देशकै नमुना जिल्ला हुने गरि विकास र समृद्धिको आकार तर्फ ढाल्ने उनको विश्वास छ।