नेपालले एमसीसी अनुमोदन गर्नेछ: उपाध्यक्ष सुमार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेपालले एमसीसी अनुमोदन गर्नेछ: उपाध्यक्ष सुमार

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेपाल सरकारले एमसीसी सम्झौता कार्यान्वयन गर्नेमा आफू आशावादी भएको बताएकी छन् ।
 
अमेरिका फर्किनुअघि आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौता कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताएकी हुन् । 

‘सम्झौताअनुसार नेपालले चाँडै नै संसद्‌बाट एमसीसी अनुमोदन गरेर कार्यान्वयन गर्नेछ’, उनले भनिन्, ‘नेपालले जति सक्दो छिटो यो सम्झौता अनुमोदन गर्छ, त्यति नै नेपालको थलिएको अर्थतन्त्रलाई यसले फाइदा गर्छ ।’

उनले सबै राजनीतिक दलसँगको भेटमा पनि एमसीसी कार्यान्वयन गर्न जोड दिएकी थिइन् । चार दिने नेपाल भ्रमणमा उनले एमसीसी कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’सहित प्रमुख दलका नेताहरूलाई भटेकी थिइन् ।

सुमारले यो सम्झौतालाई नेपालको आर्थिक हितसँग जोडेकी छन् । उनले यो सम्झौता भएपछि अहिलेसम्म नेपालमा आठवटा सरकार बनिसकेका र यी सबै सरकारले कार्यान्वयनको प्रतिबद्धता जनाएको उल्लेख गरिन् ।

उनले यो सम्झौताको कुनै अन्तिम समय सीमा नरहेको पनि उल्लेख गरिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);