एमाले बैठक आजै अपरान्ह ३ बजे बस्ने गरी स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एमाले बैठक आजै अपरान्ह ३ बजे बस्ने गरी स्थगित

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो साढे ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।

विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको छलफल भइनसकेकोले आज दिउँसो तीन बजे पुनः बस्ने गरी बैठक स्थगित भएको हो ।

स्थायी कमिटीको बैठकले पार्टीको आउँदो विधान अधिवेशनका बारेमा छलफल गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । प्रमुख भट्टराईले बैठकमा देशभरबाट करिव ३ हजार प्रतिनिधि हुने प्रस्ताव आएको भन्दै यसको टुंगो लगाउनका लागि आजै ३ बजे बैठक बस्ने बताए ।

आज बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको बारेमा पनि छलफल गर्ने साथै राजनीतिक र सांगठनिक प्रतिवेदनका बारेमा समेत छलफल गर्ने विभाग प्रमुख भट्टराईले बताए ।

प्रमुख भट्टराईले नेकपा एमालेले एमसीसीको सम्झौतामा भएका कतिपय प्रावधानहरुलाई पुनःव्याख्या गर्नुपर्ने भएकोले नेपालको हीत बनाउनुपर्ने कुराहरु रहेकोले केही कुराहरुलाई संशोधन गरेर मात्रै एमसीसी अगाडि बढाउने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);