महोत्तरी । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल आज शनिबार महोत्तरी आउने भनिएको कार्यक्रम एकाएक स्थगित भएको छ ।
महोत्तरीमा आयोजना हुन लागेको पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर नेपाल महोत्तरी आउने कार्यक्रम थियो ।
तर, नेपाल कर्णाली प्रदेश जानुपर्ने भएपछि स्थगित भएको नेकपा एस प्रदेश २ का इन्चार्ज धर्म साहले बताए । फेरि छिट्टै अर्को मिति तय हुने उनले बताए ।