प्रदिप ढुंगाना,
मकवानपुर । हेटौंडामा जुवा खालबाट ६ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ मा दिपक श्रेष्ठको घरमा जुवा खेली रहेको अवस्थामा प्रहरीले १ लाख ३२ हजार ३ सय ९० रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको हो ।
श्रेष्ठको घरमा पैसाको हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले कौडा १५ वटा र तास ६ बुक समेत बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का ६० वर्षिय ईवनाथ दंगाल, हेटौंडा १५ का ३५ वर्षिय आलोक स्याङतान, ६७ वर्षिय रामशरण थापा रहेका छन् ।
यस्तै थाहा नगरपालीका वडा नंम्बर–६ का २१ वर्षिय डेनी भट्ट, मनहरी गाउँपालिका वडा नम्बर ६ का ४४ बर्षिय वासु उप्रेती र भरतपुर महाँनगरपालिका वडा नंम्बर १० का ३८ वर्षिय चुडामणी सेढाई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।