तुलसीपुरका विद्यालयहरु भदौ २७ देखि खुल्दै | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

तुलसीपुरका विद्यालयहरु भदौ २७ देखि खुल्दै

विकास डांगी,
दाङ। तुलसीपुर उपमहानगरपालिकामा यही भदौ २७ गतेदेखि विद्यार्थीहरूको भौतिक उपस्थिति मै विद्यालय सञ्चालन हुने भएका छन् ।

शिक्षा महाशाखा अधिकृत चक्र भण्डारीले तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयलाई पत्राचार गदै भदौ २७ गते देखि विद्यालयहरू भौतिक उपस्थित मै पठनपाठन सुचारु गर्न भनिएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहरका कारण शैक्षिक संस्थाहरू भौतिक रुपमा सञ्चालनमा आउन नसकेको अवस्थामा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको भदौ १८ गतेको बैठकले निर्णय गरे अनुसार सङ्क्रमणको जोखिम कायम भएयता पनि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन कार्यढाँचा २०७७ र उपमहानगरले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण कार्ययोजना २०७७ अनुसार विद्यार्थीहरूको भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्न आग्रह गरिएको छ ।

विद्यालय सञ्चालन गर्दा अनिर्वाय स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न भनिएको छ । हाललाई स्कुल बस सञ्चालन नगरी विभिन्न सिफ्टमा विद्यालय संकलन गर्न आग्रह गरिएको छ ।

त्यस्तै एक सिफ्टमा कम्तिमा ३ घण्टा कक्षा सञ्चालन गर्नु पर्ने, विद्यालय सञ्चालनको क्रममा एउटा कक्षा कोठाबाट अर्को कक्षामा आवत आवत नगर्न समेत आग्रह गरिएको छ । बढिमा ५० जना सम्म विद्यार्थी संख्या भएका विद्यालयहरूले एकै सिफ्टमा चलाउन र त्यो भन्दा बढि विद्यार्थी भएका विद्यालयहरूले २/३ सिफ्टमा विद्यालय सञ्चालन गर्नु पर्ने, कक्षा कोठामा बढिमा १५ जना सम्मको सङ्ख्यामा भौतिक दूरी गरी बसाइ व्यवस्थापन गर्नु पर्ने, सम्भव भए सम्बन्धित अभिभावकहरूले आफ्ना बच्चाहरूलाई लिने र लैजाने व्यवस्था मिलाउनु पर्ने सूचनामा भनिएको छ ।

त्यसैगरी विद्यालयमा प्रयोग भएका सामाग्रीहरू धोएर मात्र अर्को दिन प्रयोग गर्ने, विद्यार्थीलाई ज्वरो र कोरोना सम्बन्धी लक्षण देखिएमा अभिभावकले विद्यालय प्रशासन, विद्यालय प्रशासनले, वडा स्तरीय विपद व्यवस्थापन समिति तथा नगर शिक्षा महाशाखा र जनस्वास्थ्य प्रवर्द्धन महाशाखामा सो को जानकारी तत्काल गराउनु पर्ने र निको भए विद्यालय पठाउनु पर्ने छ ।

साथै कक्षा सञ्चालनका क्रममा विद्यालय अनुगमन गर्ने अधिकारीले स्वास्थ्य मापदण्ड पालना नगरेको पाइएमा जुन सुकै समयमा भौतिक कक्षा स्थगन गर्न सकिने सूचनामा बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);