काठमाडाैं । नेकपा एमाले संसदीय दलको बैठक बस्दैछ ।
बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो । बैठकमा आजदेखि सुरु हुने संसद बैठकमा दलको रणनीति तय गर्ने लगाएतका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा एमालेले संसद बैठक सुचारु हुन नदिने संकेत देखाइसकेको छ । सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याएर आफ्नो दल फुटेपछि एमाले निकै आक्रामक बनेको छ ।