पिएनजीको छैठौं विकेट पतन | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८१, शनिबार

पिएनजीको छैठौं विकेट पतन

काठमाडौं । पपुवा न्युगिनी ९पिएनजी० विरुद्ध नेपालले छैठौं विकेट लिएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि छैठौं विकेट लिएका हुन् । कुशलले २४ बलमा १५ रन बनाएका किप्लिन डोरिगोलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए ।

यससंगै नेपालका लागि डेब्यू गरेका तीव्र गतिका बलर विक्रम सोब, सन्दीप लामिछाने र कुशल मल्लले समान २–२ विकेट लिएका छन् । यसअघि पहिलो बलमै विक्रमले पिएनजीका सुरुवाती ब्याटस्म्यान टोनी पाला उरालाई बोल्ड गराए । दोस्रो विकेट चौथो ओभरको अन्तिम बलमा पिएजनीका कप्तान असाद भालालाई आरिफ शेखको हातबाट क्याच आउट गराए ।

नेपालको लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए । सन्दीपले ११ ओभर ५ बलमा २३ रन बनाएका कार्लेस अमिनीलाई विकेट किपर आसिफ शैखको शातबाट आउट गराएका हुन् । चौथो विकेट कुशलको नाममा रह्यो । कुशलले १२ ओभर ५ बलमा ३० रन बनाएका लेगा सियकालाई आफ्नो हातबाट क्याच आउट गराएका हुन् ।

सन्दीप लामिछानेले १९ ओभरको पहिलो बलमा ब्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं विकेट लिए । सन्दीपले २४ बलमा १४ रन बनाएका सेसे बाउलाई कुशल मल्लको हातबाट क्याच आउट गराएका हुन् । यसअघि टस जितेर पिएनजीले ब्याटिङ रोजेको थियो ।

२२ ओभर ५ बलमा कुशलले विकेट लिँदासम्म पिएनजीले ६ विकेट गुमाएर ९६ रन बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);