सभामुख र निर्वाचन आयोगविरुद्धको एमालेको रिट न्यायाधीश मीरा खड्काको एकल इजलासमा | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

सभामुख र निर्वाचन आयोगविरुद्धको एमालेको रिट न्यायाधीश मीरा खड्काको एकल इजलासमा

काठमाडौं । नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुँदै छ ।

एमालेले दायर गरेको रिट शुक्रबार न्यायाधीश मीरा खड्काको एकल इजलासमा तोकिएको छ।

एमालले भदौ १ गते माधवकुमार नेपाल सहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद सचिवालयलाई पत्र पठाएको थियो । तर सभामुख सापकोटाले संविधानले नदिएको अधिकार प्रयोग गर्दै उनीहरुको कारबाही रोकेर राखेको भन्दै सापकोटाविरुद्ध एमालेले रिट दायर गराएको थियो ।

सभामुखले नयाँ पार्टी दर्ता गरेपछि कारबाही नहुने अवस्थामा पु¥याएर गरेको निर्णय कानून विपरीत रहेको जिकिर रिटमा गरिएको छ । एमालेले सभामुखको उक्त निर्णय बदर गर्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेको छ ।

त्यसैगरी, एमालेले कारबाही गरेका १४ सांसदको सनाखत सहित नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराउनु गलत भएको भन्दै निर्वाचन आयोग विरुद्ध पनि रिट दायर गराएका थिए । सो निर्णय बदरको माग एमालेले गरेको छ । यसरी निर्वाचन आयोगले प्रक्रिया मिचेर धेरै संख्या पु¥याएर नेकपा एस दर्ता गरेको एमालेको आरोप छ ।

यसका साथै नयाँ दिल्लीमा रहेका एमाले नेता झलनाख खनालको सनाखतलाई मान्यता दिनु गैरकानूनी भएको रिटमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);