वाम गठबन्धनलाई ५ जिल्लाले बनायो सकस, प्रचण्ड-ओली भेट्दै | ईमाउण्टेन समाचार

Our Network

मंसिर २८ २०८१, शुक्रबार

काठमाण्डौँ, १४ कार्तिक । वाम गठबन्धनका शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच उम्मेदवारको विषयमा छलफल हुने भएको छ ।

एमाले र माओवादी केन्द्रले आन्तरिक गृहकार्य बाँकी रहेको भन्दै पार्टीको उम्मेदवारको अन्तिम टुंगो लगाउन ढिलाइ गरिरहेको छ । सोही विषयमा अन्तिम टुंगो लगाउन बैठक बस्ने भएको हो । बैठक बस्ने समय भने तय भइसकेको छैन ।

एमाले–माओवादी केन्द्रले सहमति जुट्न नसकेका ५ निर्वाचन क्षेत्रको पार्टीका दुई अध्यक्षबीचको छलफलबाट अन्तिम टुंगो लगाउने तयारी गरेका छन् ।

गठबन्धनभित्र चितवन–२, सल्यान–२ र झापा–२, दैलेख र सुर्खेतमा सहमति जुट्न नसकेकोले दुबै अध्यक्ष बसेर सहमति खोज्ने तयारी भएको हो ।
माओवादीसँग सहमति भएका निर्वाचन क्षेत्रमा भने आजै उम्मेदवारको नाम टुंगो लगाउन एमालेले स्थायी समिति बैठक बस्दैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);