सुर्खेत । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि कर्णालीका पाँच जिल्लाका तीन सय १८ वडामा आज शुक्रबार अधिवेशन हुँदैछ ।
कर्णालीका १० जिल्लामध्ये मुगु, जुम्ला, हुम्ला, दैलेख र जाजरकोटमा शुक्रबार अधिवेशन हुन लागेको हो ।
निर्वाचन कार्यतालिका अनुसार कर्णालीका १० जिल्लामध्ये सुर्खेत र डोल्पामा सदस्यता विवादका कारण अधिवशेन तोकिएको छैन । सल्यानमा २१, कालीकोट २२ र रुकुमपश्चिममा २३ भदौमा वडा अधिवेशन हुने छ ।