काठमाडौं । करिब १७ महिनादेखि विद्यार्थीहरु विद्यालय जान पाएका छैनन् । कोरोना प्रभावका कारण विद्यार्थीहरु घरमै सिमित छन् । पहिले खुलेका अधिकांश विद्यालय पनि यति बेला बन्द अवस्थामा छन् । विद्यालय नखुलेपछि अनलाईन कक्षा मार्फत पढाई भैरहेको छ । तर सबैको पहुँचमा अनलाईन नपुग्दा प्रभावकारी हुन सकेको छैन । तर, अब विस्तारै विद्यालयहरु खोल्ने तयारी सुरु भएको छ ।
अब विद्यालय खोल्न सम्भव छ की छैन खोल्दा कोरोनाको कत्तिको जोखिम छ ? साथै कोरोनाको संक्रमणकालिन अबस्थामा सरकार फेरियो तर स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मन्त्री पाउन सकेन यसको प्रभाव कस्तो हुन्छ ? विद्यार्थीको भौतिक उपस्थितीमै विद्यालय खोल्नु ठिक हो की होइन? बालबलिका कोरोनाको कत्तिको कत्तिको जोखिममा छन् ? पुर्व स्वास्थ्य सचिव डा.सुधा शर्मा सँग गरिएको माउन्टेन टेलिभिजन एचडिका लागि संगिता अधिकारीसंगको अन्तर्वार्ता ( भिडियो हेर्नुहोस)




