बिष्णु गौतम,
पर्वत । पर्वतको कुश्मा नगरपालिका २ खुर्काैटमा ७ जना बालबालिका सहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भदौ १० गते संकलन गरिएको पीसीआरको परिक्षणबाट उनीहरुमा संक्रमण पुष्टि भएको कुस्मा नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक उमाकान्त सापाकोटाले जानाकारी दिए ।
संक्रमित हुनेमा १६ जना महिला र ८ जना पुरुष रहेका छन् । यि मध्य १६ बर्ष मुनीका ७ जना बालबालिका समेत रहेका छन् ।
खुर्काैटका १ सय २० जनाको कोरोना परिक्षण गरिएको थियो । संक्रमित सबै पीसीआर बिधिबाट गरिएको परिक्षणबाट संक्रमण पुष्टि भएका हुन् ।