लमजुङ। लमजुङमा आगलागी हुँदा एक दम्पतीको निधन भएको छ ।
मर्स्याङ्दी गाउँपालिका–९ सेग्लेमा धन्सारमा बस्दै आएका दम्पतीको निधन भएको प्रहरीले जनाएको छ ।
सोमबार मध्यराति १ बजेतिर धन्सारमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकीे श्रीमती पशुपति भन्डारीको निधन भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
उनीहरुको घटनास्थलमै निधन भएको कर्कीले जानकारी दिए । घरमा राखिएको खाना पकाउने ग्याँस विस्फोट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीकाअनुसार धन्सार पूर्णरुपमा क्षति भएको छ ।