हुम्लामा कोभिडको अवस्था हेरी विद्यालय खोल्न पाइने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

हुम्लामा कोभिडको अवस्था हेरी विद्यालय खोल्न पाइने

जुम्ला । जिल्लाका सातवटै गाउँपालिकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर शैक्षिक संस्था सञ्चालनमा ल्याउन सक्ने भएका छन् ।

जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी) हुम्लाले जिल्लाका सबै विद्यालयमा पठनपाठन सञ्चालनको लागि गाउँपालिकाले आफ्नो अनुकुलता हेरी सञ्चालन गर्न सक्ने गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको बैठकले कोभिड संक्रमणमा कमि आएपछि लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारीसमेत रहेका कोभिड १९ व्यवस्थापन केन्द्रका संयोजक गणेश आचार्यले बताए । कोभिड संक्रमण कम हुँदै गइरहेको र स्थानीयस्तरबाट विद्यालय खुलाउनु पर्ने माग आएकोले डिसीएमसीको बैठकबाट विद्यालय खुलाउने निर्णय गरिएको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले जिल्लाका सातवटै गाउँपालिकालाई विद्यालय सञ्चालनका लागि पत्र लेख्ने र अवस्था विश्लेषण गरी गाउँपालिकाले विद्यालय सञ्चालनको लागि सहज हुने छ । केन्द्रले विद्यलाय सञ्चालनको लागि निर्णय गरेपनि गाउँपालिकाहरूले विद्यालय खुलाउँदा कोरोनाको अवस्था हेरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्ने र त्यसै अनुरुपको वातावरणका तयार गरेर मात्र विद्यालय सञ्चालन गर्नुपर्ने आचार्यले बताए ।

हुम्ला जिल्लामा १३७ वटा सामुदायिक विद्यालय रहेका छन् भने केही निजी विद्यालय पनि छन् । यसअघि ताँजाकोट गाउँपालिकाका सवै विद्यालय र नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीका दुईवटा गाउँमा भने कोरोनाको अवधिमा पनि विद्यालयहरू खुलेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);