काठमाडाैं । श्रीलंकन एयरलाइन्सले आजदेखि काठमाडौं–श्रीलंका सिधा उडान गर्ने भएको छ ।
एयरलाइन्सलाई सातामा दुई उडानका लागि अनुमति लिएको श्रीलंकन एयरलाइन्सले आजदेखि काठमाडौं–श्रीलंका सिधा उडान भर्न लागेको हो ।
नागरिक उड्डयन प्राधिकरण क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले उक्त एयरलाइन्सले भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने इच्छा व्यक्त जानकारी दिए ।
एयरलाइन्सले भैरहवामा कम्तीमा एक उडान गर्नेछ । यो उडान दैनिक या सातामा भन्ने यकिन भइसकेको छैन ।
नेपालका लागि आधिकारिक ट्राभल एजेन्सी जेनिथ ट्राभल प्रालिका अनुसार रोजगारीका लागि श्रीलंका जाने नेपालीलाई लक्षित गरेर उडान सुरु गरिएको बताइएको छ । उडानले अवस्था सामान्य भएपछि पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको विश्वास गरिएको छ ।