कांग्रेस कहिल्यै बिलए भएर जाँदैनः मन्त्री बस्नेत | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

काठमाडौँ, १३ कार्तिक । सूचना तथा सञ्चार मन्त्री एवम् कांग्रेसका वरिष्ठ नेता मोहनबहादुर बस्नेतले अलोकतान्त्रिक गठबन्धन विरुद्व लोकतन्त्रवादी एकै ठाउँमा मिली लड्नुपर्ने बताएका छन् ।

सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले लोकतन्त्रको रक्षा, एकदलीय तानाशाह र अलोकतान्त्रिक गठबन्धनविरुद्ध सबै लोकतन्त्रवादीलाई एक ठाउँमा आउन आग्रह गरेका हुन्।

वाम गठबन्धनका नाममा नेपाली कांग्रेसलाई सिध्याउन रणनिती खेलेको दललाई इंकित गर्दै मन्त्री बस्नेतले कांगे्रस कहिले पनि बिलय भएर नजाने र प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो पार्टी बन्ने समेत यकिन दिलाएका छन् ।

उनले मुलुकको विकासमा नेपाली काँग्रेसले खेलेको भूमिकाको नेपाली जनताले उच्च मूल्यांकन गर्ने समय आएको बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);