बार्सिलोनाको दोस्रो जित, एथ्लेटिको म्याड्रिड रोकियो | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

बार्सिलोनाको दोस्रो जित, एथ्लेटिको म्याड्रिड रोकियो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले जित हात पार्दा साविक विजेता एथ्लेटिको म्याड्रिड भने रोकिएको छ ।

आइतबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा गेटाफेलाई दुई–एक गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले दोस्रो जित निकालेको हो । बार्सिलोनाको जितमा सेर्जी रोबर्टो र मेम्फिस डिपाएले एक–एक गोल गरे । गेटाफेका सान्ड्रो रामिरेजले सान्त्वना गोल गरे ।

खेलको दोस्रो मिनेटमा रोबर्टोले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। १८ औँ मिनेटमा सान्ड्रोले गोल गर्दै गेटाफेलाई एक–एक गोलको बराबरीमा ल्याए । ३० औं मिनेटमा डिपाएले गोल गर्दै बार्सिलोनालाई २–१ को जित दिलाए ।

जितसँगै बार्सिलोनाले तीन खेलमा सात अंक जोडेको छ । बार्सिलोना चौथो स्थानमा रहेको छ । गेटाफेको यो लगातार तेस्रो हार हो । गेटाफेले अंक जोड्न सकेको छैन ।

यस्तै, आइतबार राति भएको अर्को खेलमा साविक विजेता एथ्लेटिको म्याड्रिड भिल्लारियलसङ दुई–दुईको बराबरीमा रोकिएको हो ।

भिल्लारियलको लागि मानु ट्रीगुएरोस र अर्नाउट दान्जुमाले एक–एक गोल गरे । एथ्लेटिकोको लागि लुइस सुवारेज गोल गर्दा भिल्लारियलका ऐसा मान्दीले आत्माघाती गोल गरे ।

बराबरीमा रोकिएको एथ्लेटिकोको तीन खेलबाट सात अंक छ । एथ्लेटिको तालिकाको पाचौँ स्थानमा छ । भिल्लारियल भने समान खेलबाट तीन अंक सहित ११ औँ स्थानमा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);