दाङ । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने बताएका छन् ।
दाङको घोराहीमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले पार्टी सभापतिको उम्मेदवारी बाट आफु पछि नहट्ने बताएका हुन् ।
कोइरालाले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने भन्दै महाधिवेशनको तयारीमा जुट्न काँग्रेस नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले कम्युनिष्टहरू फुटेको समय भएकाले गाउँ गाउँमा पार्टी संगठनमा जुट्न नेता कार्यक्रतालाई आवहन गरे ।
अब आउने आमनिर्वाचन काँग्रेसको प्रतिष्ठाको लडाइ भएकाले यसमा खरो रुपमा उत्रनुपर्ने उनको भनाई छ । एमाले फुटेको र माओवादी केन्द्र कमजोर भएकाले आउने निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने उनको दाबी थियो ।
कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेकी आमा यवादेवी शर्मा घिमिरेको स्मृतिमा आयोजित श्रद्धाञ्जलीका लागि डा. कोइराला दाङ पुगेका हुन् ।