भोट माग्ने माध्यम बन्दै फेसबुक | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

रसुवा, १३ कार्तिक । आगामी मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुले सामाजिक सञ्जाललाई भोट माग्ने माध्यम बनाएका छन् । फेसबुक, ट्वीटर लगाएतका सामाजिक माध्यमबाट भोट माग्ने एवम् पार्टीको प्रचारप्रसारलाई तिब्रता दिइएको छ ।

रसुवा लगाएतका जिल्लामा पार्टीका भेला, कार्यकर्ता अभिमुखीकरण, समायोजन जस्ता कार्य गर्न तिब्र रुपमा औपचारिक एवम् अनौपचारिक ढंगमार्फत र सामाजिक सञ्जालमार्फत प्रचार प्रसारको कार्यक्रम धमाधम भइरहेको छ।

रसुवामा लोकतान्त्रिक र वाम गठबन्धनबीच प्रतिस्पर्धा छ । दुवै गठबन्धनले सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत् मत माग्ने होडबाजी गरिरहेका छन् भने आफ्ना गतिविधि पोस्ट समेत गरिरहेका छन्।

रसुवामा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसबाट मोहन आचार्य र प्रदेश तर्फ ‘क’ मा कांग्रेसका प्रभात लामा र ‘ख’ मा नयाँ शक्ति पार्टीका प्रेम तामाङ छन् भने वाम गठबन्धनतर्फ प्रतिनिधि सभाका लागि नेकपा एमालेका जनार्दन ढकाल, प्रदेश ‘क’ मा कन्र्याल तामाङ र प्रदेश ‘ख’ मा नेकपा माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामे प्रतिस्पर्धामा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);