मुगु । हिमाली जिल्ला मुगुले एक वर्षमै दुई करोडको खसीबोका विक्री गरेको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा एक हजार चार सय ९१ वटा खसीबोका निकासीबाट दुई करोड रुपैयाँ भित्रिएको पशु सेवा कार्यालयले जानकारी दिएको छ ।
पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भीमचन्द्र बुढाका अनुसार मुगुमा किसान प्रोत्साहन कार्यक्रम अन्तर्गत भेँडाबाख्रा पालन भइरहेको छ । चार सय ७२ ले उक्त कार्यक्रमबाट लाभ लिइरहेका छन् ।
जिल्लामा झन्डै ७६ हजार ९ सय ३६ बाख्रा रहेको उनको भनाइ छ । मुगुका खसीबोका काठमाडौं, पोखरा, नेपालञ्ज, सुर्खेतमा विक्री हुने गरेका छन् ।